काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतकाे ५ ताेला सुन विजेता घाेषणा गरेकाे छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा गरेकाे विजेता छनाेटमा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्ने विजेता घाेषित भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत एक हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जितिसकेका छन् ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।