हिताचीको ४ नयाँ माईक्रोवेभ ओभन नेपाली बजारमा, ‍२५ हजार रुपैयाँसम्म पर्ने

<p>काठमाडौं । युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ [&hellip;]</p>

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।

चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ ।

हिताचीले यी माइक्रो ओभनमा १ वर्षको वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।

कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका बताए । ‘हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ, हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ,’ उनले भने ।

डिजिटल ग्रिल माइक्रोवेभ ओभन

डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर डिजि२३१२ र एचएमआर डिजि२०१२ ओभन क्षमता २३ लि. र २० लि. मा उपलब्ध छ ।

एचएमआर डिजि२३१२ मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ ।  बारम्बार प्रयोग हुने कार्यहरूको सूचि समावेश गरिएकाले यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ । यसमा ग्लास ट्रे र ग्रिल ¥याक रहेकाे छ ।

डिजि२०१२ (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ । यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ । यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंङ प्रि–सेट, माइक्रोवेभ कुकिंङ, ग्रिल कुकिंङ, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंङ, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् ।

मेकानिकल माइक्रोवेभ ओभन

मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड डिजि२००२ २० लि. ओभन क्षमतामा उपलब्ध छ । यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन । यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ । यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ ।

कन्भेक्सन माइक्रोवेभ ओभन

कन्भेक्सन माइक्रोवेभ ओभन मोडल कोड एचएमआर डिसि३२१२३१एल डिजि२०१२–३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ । यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएको छ । माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ ।

यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ । यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ ।

 

Share News