काठमाडौं । बिहेको सिजन नजिकिएसँगै सुनको मूल्य निरन्तर वृद्धि भएको छ । गएको पाँच दिनमा ३३ सय रुपैयाँले सुनको मूल्य बढेको छ । गत बुधबारदेखि आइतबारसम्म सुनको मूल्य ३३ सय रुपैयाँले बढेको हो ।
मंगलबार ९४ हजारमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलाको १४ सय रुपैयाँले बढेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार भनेको सुनको मूल्य यथावत रहेको थियो तर शुक्रबार पुन: सुनको मूल्य तोलाको १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
शनिबार भने बन्द रहेको बजार आइतबार पुन: ६०० रुपैयाँले बढेको छ र तोलाको ९७ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।