टेलिकमले ल्यायो निर्वाचन लक्षित अफर, मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा पाइने

<p>काठमाडाैं । निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निकै आकर्षक डाटा र भ्वाइस प्याक ल्याएकाे छ । कात्तिक २७ गतेदेखि लागु हुने याे प्याक मंसिर ११ गतेसम्म लागु हुनेछ । यस अफरमार्फत ग्राहकले २० जीबी डाटा जम्मा मात्र २९४ रुपैयाँमा पाउनेछन् जुन १० दिनसम्म प्रयाेग गर्ने सकिनेछ । यस्तै,  मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न [&hellip;]</p>

काठमाडाैं । निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निकै आकर्षक डाटा र भ्वाइस प्याक ल्याएकाे छ । कात्तिक २७ गतेदेखि लागु हुने याे प्याक मंसिर ११ गतेसम्म लागु हुनेछ ।

यस अफरमार्फत ग्राहकले २० जीबी डाटा जम्मा मात्र २९४ रुपैयाँमा पाउनेछन् जुन १० दिनसम्म प्रयाेग गर्ने सकिनेछ । यस्तै,  मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

यति मात्र नभएर ग्राहकले एक दिनका लागि १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा प्रयाेग गर्न सक्नेछन् ।

ग्राहकले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्नेछन् ।

Share News