नेपाली कम्पनीको दुईवटा भिटामिनका औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

<p>काठमाडौं । नेपाली कम्पनीले उत्पादन गरेको दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई  औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न आदेश दिएको छ । आइतबार सूचना जारी गर्दै विभागले काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेट र रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ लाई फिर्ता गर्न आदेश दिएको हो । बजार अनुगमनको क्रममा ती औषधि [&hellip;]</p>

काठमाडौं । नेपाली कम्पनीले उत्पादन गरेको दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई  औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

आइतबार सूचना जारी गर्दै विभागले काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेट र रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ लाई फिर्ता गर्न आदेश दिएको हो ।

बजार अनुगमनको क्रममा ती औषधि नमुना परिक्षण गर्दा न्युन गुणस्तरको देखिएको बताउँदै विभागले बजारबाट उक्त औषधीको ब्याच फिर्ता गर्न भनेको जनाएको छ ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।

 

 

 

Share News