ओलीले संविधानलाई मनपरी प्रयोग गरे : प्रधानमन्त्री देउवा

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन् ।शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन् ।शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए ।

उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको छ भने । प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले विजयी हाँसिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनैपनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरे ।

Share News