लाभांश पारित गर्ने प्रस्ताव सहित जीस्वाँ सहकारीले बोलायो साधारण सभा

<p>काठमाडौं । जीस्वाँ बचत तथा ऋण सहकारी संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । सहकारीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा मंसिर १७ गते काठमाडौंमा बोलाएको हो । पछिल्लो समय सहकारीमा समस्या देखिएको बेलामा यस सहकारीले भने आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने [&hellip;]</p>

काठमाडौं । जीस्वाँ बचत तथा ऋण सहकारी संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । सहकारीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा मंसिर १७ गते काठमाडौंमा बोलाएको हो ।

पछिल्लो समय सहकारीमा समस्या देखिएको बेलामा यस सहकारीले भने आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने पस्ताव गरेको छ । कति प्रतिशत लाभांश वितरण गर्ने भनेर उल्लेख नगरेपनि आर्थिक वर्ष २०७८÷७९ मा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन तथा बजेट पेश गरी सो पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷७९ को वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८÷७९ को कार्यक्रम तथा अनुमानित बजेट पारित गर्ने, आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, संचालक समितिबाट विभिन्न मितिमा गरेका निर्णयहरु समर्थन गरी पारित गर्ने, साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यहरुको मनोनयन गर्ने, जोखिम ब्यबस्थापन तथा सम्पति शुद्धिकरण विवरण कार्यन्वयन नीति २०७७ र ऋण नीति २०७७ साधारणसभाबाट पारित गर्नेछ ।

Share News