समता घरेलु लघुवित्तको नाफा ६३.७२ प्रतिशत घट्यो

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६३.७२ प्रतिशत घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५.७२ प्रतिशत घटेर ४ [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६३.७२ प्रतिशत घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५.७२ प्रतिशत घटेर ४ करोड ९० लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष १ करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको लघुवित्त यस वर्ष भने २५ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ३४ करोड २७ लाख रुपैयाँ, जगेडा कोष २८ प्रतिशत बढेर २३ करोड ९९ लाख रुपैयाँ, सापटि २ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ, निक्षेप १६ प्रतिशत बढेर १ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र कर्जा ७.७७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९७ पैसा रहेको छ । लघुवित्तको कस्ट कफ फण्ड ७.९६ प्रतिशत र खराब कर्जा ४.८६ प्रतिशत छ ।

Share News