काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १५४.६८ प्रतिशत बढेर ६८ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २७ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १.६२ प्रतिशत घटेर ३ करोड ५६ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको ३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पहिलो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा १५४.६६ प्रतिशत बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३८ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत बढेर ३ करोड ६ लाख ३४ हजार रुपैयाँ, सापटि ६.२२ प्रतिशत बढेर १ अर्ब ५५ करोड रुपैयाँ, निक्षेप ०.६२ प्रतिशत घटेर ५६ करोड ९६ लाख रुपैयाँ र कर्जा ३.३९ प्रतिशत बढेर २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.७६ रुपैयाँ बढेर ४.५५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । लघुवित्तको कस्ट अफ फण्ड ८.४६ प्रतिशत, बेस रेट १३.७१ प्रतिशत र खराब कर्जा २.१९ प्रतिशत रहेको छ ।