काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशत घटेर ६७ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४८ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस वर्ष ६७ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशत बढेर १२ करोड १७ लाख रुपैयाँ, जगेडा कोष ६०.४२ प्रतिशत बढेर ११ करोड २७ लाख रुपैयाँ, सापटि ५.३२ प्रतिशत बढेर १ अर्ब ३४ करोड ११ लाख रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर ६९ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड १ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।