काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९.३८ प्रतिशत घटेर २ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्मा लघुवित्तको खुद ब्याज आम्दानी ३.६० प्रतिशत बढेर १२ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा ४९.३९ प्रतिशत घटेर ४ करोड ३ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २२.१० प्रतिशत बढेर ५३ करोड १२ लाख रुपैयाँ, जगेडा कोष ३७.२४ प्रतिशत बढेर ३० करोड ३१ लाख रुपैयाँ, सापटि १.३५ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ, निक्षेप २९.८२ प्रतिशत बढेर २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ र कर्जा १०.१७ प्रतिशत बढेर ८ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
तीन महिनाको अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५८ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.१७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९९.०१ गुणा रहेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा ३.४७ प्रतिशत, बेस रेट १५.१८ प्रतिशत र कस्ट अफ फण्ड ११.०८ प्रतिशत रहेको छ ।