निर्धन उत्थान लघुवित्तको नाफा ८४ प्रतिशत घट्यो, ईपीएस ४१ रुपैयाँ गिरावट

<p>काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ८३.८८ प्रतिशत घटेर ३ करोड २५ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेर [&hellip;]</p>

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ८३.८८ प्रतिशत घटेर ३ करोड २५ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेर ४८ करोड हजार रुपैयाँ, सञ्चालन मुनाफा पनि ८३.८८ प्रतिशत घटेर ४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड ६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको सापटि ५.४५ प्रतिशत घटेर ५ अर्ब ९४ करोड ५३ लाख रुपैयाँ, निक्षेप १.६३ प्रतिशत बढेर १८ अर्ब ४८ करोड ९ लाख रुपैयाँ र कर्जा १.९९ प्रतिशत घटेर २६ अर्ब ८८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ४१.७२ रुपैयाँले घटेर ५.९३ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ । समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा ७.१४ प्रतिशत, बेस रेट १३.३७ प्रतिशत र कस्ट अफ फण्ड ८.६१ प्रतिशत रहेको छ ।

Share News