आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले

<p>काठमाडौं । अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याएका हुन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई [&hellip;]</p>

काठमाडौं । अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याएका हुन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे ।

अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । थापाले कोभिड महामारीमा राजनेताको छवी बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजादा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताउनु । थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उनले थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए ।

अव पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो । उनले भने, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामर्थ्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं ।’

अर्थविद् वाग्लेले ०६२/६३ सालको आन्दोलनको नेतृत्व नै गगन थापाले थामेको बताए । ‘उनी आन्दोलनबाट खारिएका आएका नेता हुन । २०६२/०६३ को आन्दोलनमा गगन थापा, प्रदिप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन । काठमाडौंका सडकहरु तताएका हुन । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ ।’ गगन थापामा देश हाँक्ने क्षमता भएको समेत उनले बताए ।

‘एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो’, उनले भने, ‘धान्न सकिन्छ किअव हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान विदाई गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोडनु भएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन ।’

थापाले बनाएको मास्टरप्लानमा नै मुलुक हिँडिरहेको समेत अर्थविद् वाग्लेको दावी छ । ‘उनी रेडी छन, उनी तयार छन । उनी क्वालिफाईड छन । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिष्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ’, उनले भने ।

अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले मुलुक पछि पर्नुमा राजनीतिनै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।

Share News