कार्तिक २८ गते मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै अल्का अस्पताल 

<p>काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह [&hellip;]</p>

काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र ¥यान्डम ब्लड सुगर परीक्षण हुने जानकारी दिए । उह

उनका अनुसार शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने छ । नाम दर्ता गर्न कार्तिक २४ गतेदेखि २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालमा फोन गर्नुपर्ने छ ।

अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

Share News