काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.६९ प्रतिशत घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २ करोड २७ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा छ । नोक्सानीमा भएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ०९ पैसा छ । खराब कर्जा ५.७० प्रतिशत छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४.२७ प्रतिशत बढेर ११ करोड ६ लाख ३२ हजार रुपैयाँ, जगेडा कोष १९.९३ प्रतिशत बढेर २६ करोड ५ लाख ९५ हजार रुपैयाँ, सापटि ५०.५५ प्रतिशत बढेर ८७ करोड १ लाख ११ हजार रुपैयाँ, निक्षेप १२.४३ प्रतिशत बढेर २ अर्ब ४२ करोड ८१ लाख २७ हजार रुपैयाँ र कर्जा १८.५७ प्रतिशत बढेर ३ अर्ब ९९ करोड २८ लाख २१ हजार रुपैयाँ पुगेको छ ।