ट्राफिक नियम उल्लङ्घन गर्ने २० वटा स्कुल बसलाई कारबाही

<p>काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बस चेकिङमा तिव्रता दिएको छ । बिधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० ओटा स्कुल बसलाई नियन्त्रणमा लिएर १५ दिन भित्र मापदण्ड पुरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने निर्देशन दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरेका २० [&hellip;]</p>

काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बस चेकिङमा तिव्रता दिएको छ । बिधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० ओटा स्कुल बसलाई नियन्त्रणमा लिएर १५ दिन भित्र मापदण्ड पुरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरेका २० ओटा स्कुल बसलाई आज नियन्त्रणमा लिएको थियो । बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतीपत्र नभएको १ ओटा, बसको झ्यालमा डण्डी नराख्ने १० ओटा, कागजपत्र साथमा नराख्ने ४ ओटा र अन्य ट्राफिक नियम उल्लङघन गर्ने ५ ओटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो समयमा मापदण्ड बिपरित बिधार्थी बोक्ने सवारी साधन संचालन गर्दा दुर्घटना समेत बढी हुने गरेकाले मापदण्ड बिपरित स्कुल बस सञ्चालन नगर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए/नभएको निरन्तर अनुगमन गर्ने कार्यालयले जनाएको छ । साथै मापदण्ड बिपरित सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

Share News