काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेर १ करोड ५१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेर ८ करोड ६३ लाख रुपैयाँ र सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेर ८४ लाख रुपैयाँमा सिमित भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेर ३१ करोड २८ लाख रुपैयाँ, जगेडा कोष २४.३३ प्रतिशत बढेर २४ करोड ४ लाख रुपैयाँ, सापटी २९.८६ प्रतिशत बढेर १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ, निक्षेप १५.०३ प्रतिशत बढेर १ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ र कर्जा १६.६५ प्रतिशत बढेर ३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ५२.३६ रुपैयाँ घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.३७ प्रतिशत छ ।