काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८३ प्रतिशत घटेर १३ करोड ६८ लाख रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी ४१.०७ प्रतिशत घटेर २ करोड ६८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.९१ प्रतिशत घटेर १६ करोड ३७ लाख रुपैयाँ र सञ्चालन मुनाफा ५८ प्रतिशत घटेर ३ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ, जगेडा कोष ५.११ प्रतिशत बढेर ५४ करोड ८२ लाख रुपैयाँ, निक्षेप ३.२८ प्रतिशत बढेर ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ र कर्जा १.९० प्रतिशत बढेर ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसा घटेर १९ रुपैयाँ ३६ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा २.७३ प्रतिशत र बेस रेट १३.२५ प्रतिशत रहेको छ ।