काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेर ७ करोड ८० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १८ प्रतिशत घटेर ११ करोड १६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेर २ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेर ४९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ३.७१ प्रतिशत बढेर २७ करोड १७ लाख रुपैयाँ, निक्षेप २३.९ प्रतिशत बढेर १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ, सापटी १७.६६ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ र कर्जा १९.२० प्रतिशत बढेर ५ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ०.३१ प्रतिशत घटेर २.२५ प्रतिशत रहेको छ ।