एनआईसी एशिया लघुवित्तको नाफा ६८ प्रतिशत घट्यो, ईपीएस कति ?

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँ मात्र आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँ मात्र आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३१.९० प्रतिशत घटेर २९ करोड २ लाख रुपैयाmँ नेट फि तथा कमिशन आम्दानी ७०.०६ प्रतिशत घटेर ३ करोड ९६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४०.४१ प्रतिशत घटेर ३२ करोड ९८ लाख रुपैयाा र सञ्चालन नाफा ६८.१७ प्रतिशत घटेर ९ करोड ३९ लाख रुपैयाँ रहेको छ । लघुवित्तको ब्याज आम्दानी र नेट फि तथा कमिशन आम्दानी लगायतका सूचक घटेका कारण नाफामा असर परेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ५४.६८ प्रतिशत बढेर १ अर्ब ६६ करोड ८१ लख रुपैयाँ, सापटी १.८२ प्रतिशत घटेर १९ अर्ब २३ करोड ५२ लाख रुपैयाँ र कर्जा ०.६१ प्रतिशत बढेर २१ अर्ब ५५ करोढ ९८ लाख रुपैयाँ छ ।

लघुवित्तको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा २.२६ प्रतिशत बढेर ३.८१ प्रतिशत र बेस रेट १४.०६ प्रतिशत पुगेको छ ।

Share News