काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो ।
आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।