ज्योति विकास बैंकका ग्राहकलाई दराजकाे ११:११ अभियानमा छुट

<p>काठमाडाैं । ज्योति विकास बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । &#x200d;ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन [&hellip;]</p>

काठमाडाैं । ज्योति विकास बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

‍ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।बैंककाे अनुसार यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।

 

Share News