बैंकको बढ्दो ब्याजविरुद्ध काठमाडौंमा व्यवसायीले गरे विरोध कार्यक्रम

<p>काठमाडौं । बैंकले बढाएको ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायीहरुले विरोध कार्यक्रम गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरेका हुन् । संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरको आरोप लगाएको छ । ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत [&hellip;]</p>

काठमाडौं । बैंकले बढाएको ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायीहरुले विरोध कार्यक्रम गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरेका हुन् ।

संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरको आरोप लगाएको छ ।

ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट उपयुक्त कदमहरु चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

 

 

Share News