नेपाललाई भारतकाे २०० गाडी सहयोग, निर्वाचनमा प्रयोग गरिने

<p>काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय गाडी सहयोग गरेकाे छ । भारतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई सय गाडी सहयोग गरेकाे हो । आज भारत सरकारले नेपाल सरकारलाई गाडी हस्तान्तरण गरेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले आज गाडी बुझेका हुन् । अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन [&hellip;]</p>

काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय गाडी सहयोग गरेकाे छ । भारतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई सय गाडी सहयोग गरेकाे हो ।

आज भारत सरकारले नेपाल सरकारलाई गाडी हस्तान्तरण गरेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले आज गाडी बुझेका हुन् । अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री शर्मालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

भारतले सहयोग गरेका गाडीहरु सरकारले निर्वाचनका लागि प्रयोग गर्नेछ । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनले भारतले विश्वास गरेको छ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

Share News