
एजेन्सी । दिनमा २ वा ३ कप कफी पिउनाले लामो आयु बढ्छ र मुटु रोगको जोखिम पनि कम हुन्छ । अष्ट्रेलियाको बेकर हार्ट एण्ड डायबिटिज रिसर्च इन्स्टिच्युटको टोलीले गरेको एक अध्ययनमा यस्तो देखाइएको हो ।
अध्ययनमा समावेश भएका २२.४ मानिसले कफी पिएनन् । अनुसन्धानकर्ताहरूले सबैको स्वास्थ्य रेकर्डमा नजर राखे। दैनिक २ देखि ३ कप कफी पिउनेहरूले सकारात्मक नतिजा पाएका छन्, जो मुटु रोगबाट पनि टाढा रहेको देखाएको छ । अध्ययनमा ४० देखि ६९ वर्ष उमेर समूहका ४.५ लाख मानिसलाई समावेश गरिएको थियो । उनीहरूलाई ग्राउन्ड, इन्स्ट्यान्ट र डिक्याफिनेटेड कफी जस्ता सबै प्रकारका कफी दिइयो। जसमा करिब ५५ प्रतिशत महिला रहेका थिए ।
अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई ६ वर्गमा विभाजन गरिएको थियो । जसमा कफी नपिउनेहरू, एक कप कफी पिउनेहरू, २ देखि ३ कप कफी पिउनेहरू, ४ देखि ५ कप कफी पिउनेहरू र ५ कपभन्दा बढी कफी पिउनेहरू गरेर बर्गिकरण गरिएको थियो ।
अध्ययनमा संलग्न सबैभन्दा बढी ४४.१ प्रतिशतले तत्काल कफी पिए। ग्राउन्ड कफी पिउनेहरू १८.४ प्रतिशत थिए भने १५.२ प्रतिशत डिक्याफिनेटेड कफी पिउनेहरू थिए। यो अनुसन्धान युरोपियन जर्नल अफ प्रिभेटिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो । भास्कर दैनिकबाट ।