व्यवसायिक जीवनमा रुची राख्नेहरुले तिहार बिदामा कस्तो पुस्तक पढ्ने

<p>काठमाडौं । नेपालीहरुको महान चाड ‘दिपावली’को अवसरमा १ हप्ताको लागि आजबाट सार्वजनिक विदा शुरु भएको छ । पर्व मनाउनका लागि सरकारले प्रदान गरेको विदाको प्रभाव व्यवसाय तथा उद्यमको क्षेत्रमा पनि झण्डै समान हिसाबले पर्न जान्छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा काम गरिरहेकाहरुले यो १ हप्ताको समयलाई आ–आफनो तरिकाले सदुपयोग गर्ने गर्दछन् । उद्यम तथा [&hellip;]</p>

काठमाडौं । नेपालीहरुको महान चाड ‘दिपावली’को अवसरमा १ हप्ताको लागि आजबाट सार्वजनिक विदा शुरु भएको छ । पर्व मनाउनका लागि सरकारले प्रदान गरेको विदाको प्रभाव व्यवसाय तथा उद्यमको क्षेत्रमा पनि झण्डै समान हिसाबले पर्न जान्छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा काम गरिरहेकाहरुले यो १ हप्ताको समयलाई आ–आफनो तरिकाले सदुपयोग गर्ने गर्दछन् ।

उद्यम तथा व्यवसायमा रुची हुने र भोलीको दिनमा व्यवसायिक तथा उद्यमी जीवन बिताउन चाहने व्यक्तिहरुको लागि विदाको समयमा पर्वसँगै पुस्तक अध्ययन पनि उचित हुनसक्छ । विश्वव्यापी रुपमा ख्याती कमाएका अर्थराजनीतिक, व्यवसायिक तथा उद्यमसँग सम्बन्धित विभिन्न पक्षपाटोको ज्ञान लिनको लागि निम्न पुस्तकहरु तिहारको विदामा पढ्न सान्दर्भिक हुन्छ ।

‘दि इन्टेलिजेन्ट इन्भेस्टर’
ब्रिटिसमा जन्मिएका अर्थशास्त्री तथा प्राध्यापक एवं अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमद्वारा लेखिएको पुस्तक हो ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ । १९४९ मा प्रकाशित भएको सो व्यवसायिक लगानीको क्षेत्रमा प्रख्यात पुस्तक हो ।

ग्राहमले लेखेको सो पुस्तकलाई वारेन बफेटले समेत आफ्नो व्यवसायिक पथ पदर्शकको रुपमा ग्रहण गर्ने गर्दछन् । सो पुस्तकले व्यक्तिगत रुपमा व्यवसायको विकास गर्न र पुँजी वृद्धि गर्न खोजिरहेका व्यक्तिहरुलाई वास्तविक वित्तीय सल्लाह गर्ने मानिन्छ ।

‘स्टिभ जब्स’
वाल्टर आइज्यकसनले लेखेको ‘स्टभ जब्स’ अमेरिकी व्यसायी एवं एप्पलका सह–संस्थापक स्टिभ जब्सको जीवनीमा आधारित पुस्तक हो । बेन्जामिन फ्रान्कलिन र अल्बर्ट आइन्स्टाइनको सबैभन्दा धेरै बिक्री हुने जीवनीहरु लेख्ने सिएनएन र टाइमका पूर्व कार्यकारी वाल्टर इसाक्सनले सो पुस्तक लेखेका हुन् ।

लेखकले स्टिभ जब्सको परिवार, नातागोता, साथीभाई लगायत सयौं मानिसहरुसँग छलफल गरेर सो पुस्तक तयार गरेका हुन् । पुस्तकमा प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएका जब्सको विषयमा लेखिएको छ ।

‘धनी बुवा गरिब बुवा’
‘धनी बुवा गरिब बुवा’ (रिच ड्याड पुअर ड्याड) रोबर्ट कियोसाकी र स्यारोन लेक्टरद्वारा लिखित विश्वमा नै चर्चित अंग्रजी पुस्तक हो । वित्तीय स्वतन्त्राको विषयमा वकालत गर्ने सो पुस्तकमा कसरी लगानी गर्ने र व्यापारलाई कसरी प्रवद्र्धन गर्ने विषयहरु समेटिएका छन् ।

‘क्रियटिभिटी इंक’
अंग्रेजी भाषामा लेखिएको सो पुस्तक एडविन कंटमुल र एमी वालेसले लेखेका हुन् । व्यवसाय तथा उद्यम क्षेत्रमा सिर्जनशिल व्यवस्थापनको विषयमा सो पुस्तका विभिन्न कोणबाट विषय प्रस्तुत गरिएको छ ।

पिक्चर एनिमेसनको सह–संस्थापक तथा अध्यक्षको रुपमा आफ्नो अनुभवलाई संगालेर एडविन कंटमुलले पुस्तकमा केही गहिरा प्रकृया र विश्वासको बारेमा उल्लेख गरेका छन्, जसले पिक्चर्सलाई सफल बनाएको थियो । उनको टिमको दर्शनलाई अन्य कुनै पनि व्यवसायमा रचनात्मक रुपमा प्रयोग गर्न सकिन्छ ।

‘दि पावर अफ ह्याविट’
यो पुस्तक अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका रिपोर्टर चाल्र्स डुइगले लेखेका हुन् । यो पुस्तकले बानी व्यवसाय, समुदाय र हाम्रो व्यक्तिगत जीवनमा सफलताको मुख्य कारण भएको तर्क गरेको छ ।

विभिन्न व्यवसायी, राजनीतिक व्यक्ति, खेलाडीहरुको सफलताको उदाहरण प्रस्तुत गर्दै सो पुस्तकले सफलता हासिल गर्न बानीको महत्वपूर्ण भूमिका हुने दर्शाएको छ ।

पुँजी (दास क्यापिटल)
१९औं शताब्दिका विश्वका चर्चित राजनीतिक तथा दार्शनिक व्यक्ति कार्ल माक्र्सद्वारा लिखित पुस्तक हो पुँजी । यो पुस्तकमा पुँजी र पुँजीवादको विश्लेषण गरिएको छ ।

माक्र्सले सन् १८६७ मा लेखेको यो पुस्तकले संसारमा रहेको अर्थराजनीतिक विचारधारालाई नै हल्लाइदिएर विश्वभरी नै शोषित वर्ग, किसान तथा मजदुरहरुको आन्दोलनको लागि प्रेरणा प्रदान गरेको थियो ।

Share News