
काठमाडौं । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्स साइट ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपुजाको अवसर पारेर सहकारीले सोमबार एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ को उद्घाटन गरेको हो ।
दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उत्पादनहरु बजारमा बिक्री गर्दै आएको थियो । बजारमा आफना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आँफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट शुरु गरेको संस्थाका अध्यक्ष दीपकप्रसाद घिमिरेले बताए ।
निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा शुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्स साइड ‘एकोलमार्ट डटकम’ शुरु गरिएको बताए ।
एकोल मार्टले अर्गानिक खाद्यजन्य, जडिबुटीजन्य, तरकारी, फलफुल, माछा, विभिन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए ।
एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराईले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगइन गरेर सजिलै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न सक्ने बताए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए ।
एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम शुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमशः ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।
आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरु आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ ।
साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आकर्षक आर्युबेद क्लिनिक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरुका साथै देशैभरबाट संकलन गरिएका अर्गानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधी जस्ता खाद्य तथा जडिबुटीजन्य करिव ५ सय आइटमका प्रोडक्टहरु बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए ।
जिल्लामै नमुना सहकारीको रुपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेट मार्फत आफना आवश्यकताका वस्तुहरु सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरुले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।