खुसी हुने थेरापी : मुस्कुराउँदा मांसपेशीहरू फैलिन्छन, राम्रो हर्मोन उत्पादन हुन्छ

<p>एजेन्सी । कहिलेकाहीँ तनाव वा उदासीका कारण अनुहारबाट मुस्कान गायब हुन्छ। तर, बल गरेर मुस्कुराउने काम गर्यौ भने भित्रबाट केही समयको लागि मात्र खुसी मिल्छ। वास्तवमा यो अनुहार प्रतिक्रियाको विषयमा लामो समयदेखि विवाद भइरहेको थियो । तर, हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले १९ देशका ४ हजारभन्दा बढी मानिसमाथि गरेको अनुसन्धानमा यो सिद्धान्त सही साबित भएको छ [&hellip;]</p>

एजेन्सी । कहिलेकाहीँ तनाव वा उदासीका कारण अनुहारबाट मुस्कान गायब हुन्छ। तर, बल गरेर मुस्कुराउने काम गर्यौ भने भित्रबाट केही समयको लागि मात्र खुसी मिल्छ। वास्तवमा यो अनुहार प्रतिक्रियाको विषयमा लामो समयदेखि विवाद भइरहेको थियो । तर, हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले १९ देशका ४ हजारभन्दा बढी मानिसमाथि गरेको अनुसन्धानमा यो सिद्धान्त सही साबित भएको छ ।

देखावटी मुस्कानले पनि स्वास्थ्यलाई फाइदा गर्छ

यस अनुसन्धानका लागि तीन समूह गठन गरिएको थियो । पहिलो समूहलाई कलमलाई मुखमा समात्न र मुस्कुराउनको लागि ओंठलाई फुकाउन भनियो । दोस्रो समूहलाई कलाकारहरु जस्तै मुस्कुराएर अभिनय गर्न भनिएको थियो भने तेस्रो समुहलाई मुस्कुराउने पोज दिएर मुस्कानको नाटक गर्न भनिएको थियो ।
यस क्रममा सबैलाई खाली पर्दा, फूल र अन्य फोटोहरू देखाइयो। फेसियल फिडब्याक रेस्पोन्स थ्योरीले बताउँछ कि जब तपाइँ अनुहारको मांसपेशिहरुलाई मुस्कुराउन भन्नुहुन्छ भने मांशपेशी फुक्न थाल्छ । यसो गर्दा शरिरमा हर्मोन पैदा हुन्छ, । मस्तिस्कमा खुसी सञ्चार हुन्छ र मानिस खुसी हुन्छ ।

मुस्कानले तनाव कम गर्छ

अनुसन्धानले देखाएको छ कि मुस्कानको भावना ल्याउनाले सबैको अनुहारमा खुसी ल्याउँछ । वैज्ञानिकहरूले पहिलो समूहमा कम खुसी पाएका थिए भने अन्य दुई समूहका मानिसहरु बढी खुसी भएका थिए । यस अनुसन्धानको प्रभाव थोरै भए पनि यो थेरापीले काम गरिरहेको थियो ।

Share News