एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न बोलायो साधारणसभा

<p>काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो । बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ । कुमारी बैंक र एनसीसी बैंक [&hellip;]</p>

काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो ।

बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ ।

कुमारी बैंक र एनसीसी बैंक बराबरी हैसियतमा गाभिँदै छन् । मर्जरको लागि दुवै बैंकबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।

Share News