महुली लघुवित्त नाफा घटेपछि ईपीएस २९.७७ रुपैयाँले गिरावट

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८ प्रतिशत घटेर ५८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८ प्रतिशत घटेर ५८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६७ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.३९ प्रतिशत घटेर ९ करोड ९६ लाख ४३ हजार रुपैयाँ र इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको सञ्चालन मुनाफा ७८.६८ प्रतिशत घटेर ८३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख ६३ हजार रुपैयाँ, सापटी ३.५२ प्रतिशत बढेर १ अर्ब ६९ करोड ८३ लाख ६० हजार रुपैयाँ र कर्जा ७.७३ प्रतिशत बढेर ४ अर्ब ८५ करोड ४४ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसामा सिमित भएको छ । । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३८ रुपैयाँ ३ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड १०.३७ प्रतिशत र खराब कर्जा २.२५ प्रतिशत रहेको छ ।

Share News