बि.ओ.के. क्यापिटलले ५.७९ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । बि.ओ.के. क्यापिटल मार्केटले ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे छ । क्यापिटलकाे शुक्रबार सम्पन्न साधारण सभाले आ .व .२०७८/७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे हाे । सभाले आगामी आ.व. २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेकाे छ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट [&hellip;]</p>

काठमाडौं । बि.ओ.के. क्यापिटल मार्केटले ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे छ ।

क्यापिटलकाे शुक्रबार सम्पन्न साधारण सभाले आ .व .२०७८/७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे हाे । सभाले आगामी आ.व. २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेकाे छ ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

यस कम्पनीले ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी काम गरिरहेको छ ।

यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

 

Share News