
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोमा राजदूत थम्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
नेपालका लागि अमेरिकी राजदूतको रुपमा काम गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको राजदूत थम्सनले बताएका छन् । ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु’, राजदूत डिन थम्प्सन उदृत गर्दै अमेरिकी दुतावासले ह्यान्डल गर्ने आधिकारिक फेसबुकमा उल्लेख गरिएको छ ।