काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जितेकी छिन् । डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न अफर अन्तर्गत उनले उक्त रुपैयाँ जितेकी हुन् ।
हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुरका सह—वितरक कृष्ण मोबाइल गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गर्दा उनले एक लाख रुपैयाँ जितेकी हुन् ।
डिशहोमको रिचार्ज योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।