बर्दियामा राष्ट्रिय परिचयपत्र लिन प्रशासनमा सेवाग्राहीको चाप

<p>बर्दिया । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् । प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए । एक दिनमा [&hellip;]</p>

बर्दिया । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् ।

प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए ।

एक दिनमा एक सय ५० भन्दा बढीको परिचयपत्र बनाइदिने हो भने भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सुविधा मिल्ने मधुवन नगरपालिकाका सुमन थारुले बताए । एक दिनमा एक सयको कोटा भए पनि सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले एक सय २० जनासम्मको विवरण लिने गरेको बताउँदै अझै सेवा बिस्तार गर्ने सेवा लिन आएकालाई सकेसम्म सेवा दिनेसहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

 

Share News