मोदीशैलीमा चुनावमा उत्रदै विनोद चौधरी, मोदी कै चुनावी टोली हायर

<p>काठमाडौं । खर्बपति विनोद चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा निर्वाचनमा उत्रने भएका छन् । चौधरीले मोदीको चुनावी अभियान चलाएको भारतीय इमेन्ट  म्यानेजमेन्ट कम्पनीलाई नेपाल झिकाउने भएका छन् । यस विषयमा दुई पक्षबीच समझदारी भएको जनाइएको छ । भारतीय टोलीले उच्चस्तरको प्रविधिसहित सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा  प्रचार प्रसार गर्ने, जनपरिचाना गर्ने, चुनावी सभा सम्मेलन [&hellip;]</p>

काठमाडौं । खर्बपति विनोद चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा निर्वाचनमा उत्रने भएका छन् । चौधरीले मोदीको चुनावी अभियान चलाएको भारतीय इमेन्ट  म्यानेजमेन्ट कम्पनीलाई नेपाल झिकाउने भएका छन् ।

यस विषयमा दुई पक्षबीच समझदारी भएको जनाइएको छ । भारतीय टोलीले उच्चस्तरको प्रविधिसहित सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा  प्रचार प्रसार गर्ने, जनपरिचाना गर्ने, चुनावी सभा सम्मेलन गर्ने, उम्मेदवार र मतदाताबीच प्रभावकारी सवाद गराउने जिम्मेवारी लिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्तापक्षको गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार छन् । उनीसँगको नेकपा एमालेको समर्थनमा निवर्तमान संसद हृदश त्रिपाठीले प्रतिस्पर्धा गरिरहेका छन् । चौधरी यसअघि काँग्रेसबाटै समानुपतिक सांसद थिए ।

Share News