डलरको मूल्य वृद्धिपछि १९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

<p>काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशत बढेको छ । डलरको मूल्य अत्यधिक बढेका कारण रेमिट्यान्स पनि बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशत बढेको छ । डलरको मूल्य अत्यधिक बढेका कारण रेमिट्यान्स पनि बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशत घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशत वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशत बढेर १ लाख ३ हजार ८९८ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशत बढेर ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशत बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशत वृद्धि भई २०६ अर्ब ४६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लाे समय अमेरिकी डलरकाे भाउ बढ्दाे क्रममा छ । बिहीबार मात्रै डलरकाे मूल्य हालसम्मकै उच्च कायम भएकाे थियाे । शुक्रबार अमेरिकी डलरकाे मूल्य १३२.१२ रुपैयाँ रहेकाे छ ।

Share News