काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । यस प्रतियाेगितामा सहभागी हुन टिकटक प्रयोगकर्ताले सहभागी कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ नि:शुल्क फारम भर्न सक्नेछन् ।
सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने कम्पनीले बताएकाे छ । पाेस्ट भएका भिडियाे मध्ये उत्कृष्ठ एक सय जनालाई छनौट गरी प्रतियोगितालाई अघि बढाउने ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।
प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले जानकारी दिएका छन् ।