काठमाडौं। अमेरिकी डलरको भाउ घटेको छ। निरन्तर उच्च मूल्य कायम भएको डलरको भाउ शुक्रबार सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ। डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३० रुपैयाँ १६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा तोकिएको छ।