होटल, रेष्टुरेन्ट र बारलाई मेन्युमा तोकिएको बाहेक शुल्क नलिन सरकारको निर्देशन

<p>काठमाडौं । सरकारले सबै होटल, रेष्टरेन्ट र बारलाई मेनुमा उल्लेख गरेको मूल्य बाहेक कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्दशन दिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टरेन्ट र बार संचालन गरिरहेको व्यवसायीलाई मेन्युमा तय गरेको मूल्य नै अन्तिम मूल्य हुने बताउँदै यस्तो निर्देशन दिएको हो । विभागका [&hellip;]</p>

काठमाडौं । सरकारले सबै होटल, रेष्टरेन्ट र बारलाई मेनुमा उल्लेख गरेको मूल्य बाहेक कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्दशन दिएको छ ।

वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टरेन्ट र बार संचालन गरिरहेको व्यवसायीलाई मेन्युमा तय गरेको मूल्य नै अन्तिम मूल्य हुने बताउँदै यस्तो निर्देशन दिएको हो ।

विभागका निर्देशक होमनाथ हुमागाईंले यस्तो नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने बताएका छन् ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य ९ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस० मा करसहितको मूल्य उल्लेख गर्नु पर्ने व्यवस्था छ ।

Share News