सर्लाहीमा सहकारी प्रमुखलाई गोली हान्ने ३ भारतीयसहित चारजना पक्राउ

<p>काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये तीनजना भारतीय र एक जना नेपाली रहेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य शिवहर जिल्ला छपरा [&hellip;]</p>

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये तीनजना भारतीय र एक जना नेपाली रहेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभकुमार यादव, विहार मोतीहारी जिल्ला हजारा ग्रामपञ्चायतका १९ वर्षीय गुलसनकुमार सिंह र अर्का सर्लाहीको धनकौल–१ का ३२ वर्षीय धीरेन्द्र सहनी रहेका छन् ।

हिजो बुधवार मिलनचोकस्थित सहकारीमा लुटपाट गर्न आएका लुटेराले सहकारी प्रमुख कार्कीले चार राउण्ड गोली हानेका थिए ।

Share News