३ महिनामा आरएसडिसी लघुवित्तको नाफा १०२ प्रतिशत बढ्यो, ईपीएस १९ रुपैयाँ पुग्यो

<p>काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नापाm १०१.९८ प्रतिशत बढेर ३ करोड ८२ लख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ८९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर [&hellip;]</p>

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नापाm १०१.९८ प्रतिशत बढेर ३ करोड ८२ लख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ८९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर ७ करोड ६५ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४८ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेर ८ करोड ५४ लाख ४० हजार रुपैयाँ, सञ्चालन नाफा ११२.९८ प्रतिशत बढेर ५ करोड ४६ लाख १६ हजार रुपैयाँ र वितरण योग्य नाफा ३ करोड १० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेर ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख ९० हजार रुपैयाँ, सापटी ३९.९५ प्रतिशत बढेर ५ अर्ब ४१ करोड २९ लाख ७६ हजार रुपैयाँ र कर्जा ३७.६६ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ८.६५ रुपैयाँ बढेर १८.९९ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १० रुपैयाँ ३४ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

Share News