कालिका मन्दिरमा एक महिनामा ३५ लाख आम्दानी

<p>बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय ४९ रुपैयाँ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ [&hellip;]</p>

बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय ४९ रुपैयाँ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च भएको जनाएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि पाँच लाख दुई हजार रुपैयाँ, बिद्युत महशुलमा १८ हजार रुपैयाँ अतिथि सत्कारमा १४ हजार रुपैयाँ, आर्थिक दान १० हजार रुपैयाँ, पूर्वाधार निर्माणमा १२ लाख आठ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ४४ हजार पाँच सय रुपैयाँ, मर्मत सम्हारमा १४ हजार सात सय ४३ रुपैयाँ तथा सांस्कृतिक कार्यक्रममा एक लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । अन्य खर्चमा ६ हजार रुपैयाँ देखाइएको छ ।

आम्दानीतर्फ भेटीमा मात्रै  १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट ८५ हजार रुपैयाँ, बोकाको टाउकोबाट दुई लाख १३ हजार रुपैयाँ, कुखुराबाट १७ हजार रुपैयाँ, राँगोबाट पाँच हजार आठ सय रुपैयाँ र घरभाडाबाट तीन लाख ८२ हजार रुपैयाँ सङ्कलन भएको हो । विवाह गरेको १३ हजार रुपैयाँ, आर्थिक सहयोगबाट एक लाख ७६ हजार रुपैयाँ तथा परेवाबाट ६ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको बताइएको छ ।

असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ । रासस

Share News