सेन्साइकाे फ्रिजर किन्दा विरगंजका अकलेशले जिते एप्पल आइप्याड १०.२

<p>काठमाडौं । &#8216;सेन्साई ३ को झट्का&#8217; याेजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता घाेषणा भएकाे छ । कम्पनीकाे आधिकारिक फेसबूक पेज मार्फत भएकाे घाेषणा अनुसार विरगंज निवासी अकलेश कुमार पटेल विजेता चुनिएका छन् । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । पटेलले विरगंजको आरके ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट-फ्रिजर खरिद गरेका थिए । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड [&hellip;]</p>

काठमाडौं । ‘सेन्साई ३ को झट्का’ याेजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता घाेषणा भएकाे छ । कम्पनीकाे आधिकारिक फेसबूक पेज मार्फत भएकाे घाेषणा अनुसार विरगंज निवासी अकलेश कुमार पटेल विजेता चुनिएका छन् ।

उनले एप्पल आइप्याड १०.२ जितेका छन् । पटेलले विरगंजको आरके ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट-फ्रिजर खरिद गरेका थिए ।

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा आर १५ भिथ्री बाईक र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ।

कम्पनीकाे अनुसार यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिद गरेपछि अङ्ग्रेजीमा सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

 

Share News