९० लाखको अवैध चिनी लोड गरिएका दुई वटा ट्रक नियन्त्रणमा

<p>काठमाडाैं । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार करिब ९० लाख रुपैयाँ बराबरको ८४० बोरा अवैध चिनी सहितकाे दुई वटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको हाे । ना ६ ख २१९७ र लु १ ख ९८७१ [&hellip;]</p>

काठमाडाैं । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार करिब ९० लाख रुपैयाँ बराबरको ८४० बोरा अवैध चिनी सहितकाे दुई वटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको हाे ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

Share News