काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ बाट दुई जनालाई पक्राउ गरेको छ ।
आयोगले २८ लाख रुपैयाँ घुससहित कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।
उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार जानकारी दिएको छ ।