सन्दीपलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

<p>काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार लामिछानेलाई  पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार लामिछानेलाई  पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो ।

सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे । दोस्रो पटक थपिएको समय पनि सकिएपछि कार्तिक १ गतेका लागि अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज (बुधबार) अदालतमा उपस्थित गराइएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमबार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

‘प्रहरीले ७ दिनको म्याद माग्नुभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो, आईतवार प्रश्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ,’ उनले भने ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

Share News