नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढ्यो

<p>काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढेको छ । सडक विभागले नारायणी नदीमा सिग्नेचर पुल बनाउनको लागि ‘डिजाइन र बुल्ड मेथोड’को लागि ठेक्का आह्वान गरेको छ । विभागले ‘डिजाइन र बुल्ड मेथोड’को लागि मापदण्पड पुरा गरेका नेपाली व्यवसायीले ठेक्का हाल्न सक्ने जनाएको छ । जसमा राट्रिय स्तरको प्रतिस्पर्धा [&hellip;]</p>

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढेको छ । सडक विभागले नारायणी नदीमा सिग्नेचर पुल बनाउनको लागि ‘डिजाइन र बुल्ड मेथोड’को लागि ठेक्का आह्वान गरेको छ ।

विभागले ‘डिजाइन र बुल्ड मेथोड’को लागि मापदण्पड पुरा गरेका नेपाली व्यवसायीले ठेक्का हाल्न सक्ने जनाएको छ । जसमा राट्रिय स्तरको प्रतिस्पर्धा हुने छ ।

नारायणी नदीमा सिग्नेचर पुल निर्माण भएमा चितवन क्षेत्रमा पर्यटनको थप विकास हुने सम्भावना रहेको छ । भरतपुरकी मेयर रेनु दाहालले नारायणी नदीमा सिग्नेचर पुल बनाउने विषयमा लामो समयदेखि पहल गर्दै आएकी थिइन् । सडक विभागले पुल बनाउने प्रकृया अगाडि बढाएपछि सामाजिक सञ्जालमार्फत उनले खुसी व्यक्त गरेकी छन् ।

Share News