काठमाडाैं । कोकाकोला नेपालले वैदेशिक रोजगारीमा गएकाहरुलाई चाडवाड मनाउन नेपाल ल्याएकाे छ । सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाले वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएर धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जनालाई नेपाल ल्याएको हाे ।
कम्पनीले उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष र लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको पलहरुलाई कैद गरेर एउटा भिडियो पनि बनाएको छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले चाडपर्वको अवसरमा वैदेशिक राेजगारमा रहेका नेपालीहरुलाई परिवारसँग मिलन गराउन पाएकोमा खुशी लागेको बताए ।
लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् ।