तौल घटाउन गोलभेँडा सेवन उत्तम हुने

<p>काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ। यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ। यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ। यसमा कार्बोहाइड्रेटको मात्रा कम [&hellip;]</p>

काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ।

यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ। यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ। यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ।

बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ। टमाटरको रस छालाकालागि  पनि राम्रो मानिन्छ। यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ।

बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन्। अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ। ऐजेन्सी

Share News