‘सेयर कारोबार गर्दा कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुहोला’

<p>काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटकी लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले दोस्राे बजारमा काराेबार गर्दा कम्पनीको वित्तीय विवरण र व्यवस्थापन हेरेर मात्र लगानी गर्नुपर्ने बताएकी छिन् । आइतबार सम्पन्न भएकाे  लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । सेञ्चुरी कमर्सियल बैंकका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा महर्जनले सेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटकी लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले दोस्राे बजारमा काराेबार गर्दा कम्पनीको वित्तीय विवरण र व्यवस्थापन हेरेर मात्र लगानी गर्नुपर्ने बताएकी छिन् ।

आइतबार सम्पन्न भएकाे  लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रममा उनले यस्ताे बताएकी हुन् ।

सेञ्चुरी कमर्सियल बैंकका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा महर्जनले सेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा सेयर लगानीकर्ता, बैकर्स, उद्योगी, व्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा,नाला,साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

क्यापिटलले समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । सेञ्चुरी क्यापिटल मार्केट सेञ्चुरी कमर्सियल बैङकद्वारा प्रवर्धित मर्चेन्ट बैंकर हो ।

Share News